
इटहरी । सोमबार रातिदेखी आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ। बुढिखोलामा बाढीले बगाएको दाउरा संकलन गर्ने क्रममा अन्य दुईजना बेपत्ता भएका छन् भने दुई जनाकाे उद्धार गरिएकाे छ ।


बढीले बगाएर मृत्यु भएकी महिलाको पहिचान भने खुलेको छैन। बेपत्ता भएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।










