
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई रहेका छन्।


मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार आइतबार साँझ विशेष सूचनाका आधारमा गुरुङको घरमा छापा हान्दा ३ वटा जरायोको टाउकोसहितका ६ वटा सिङ (३ जोर) फेला परेका थिए।

छापा इलाका प्रहरी कार्यालय पथरीका असई गुलजारी यादवको नेतृत्वमा साँझ ५ः५० बजेतिर गरिएको थियो। हाल यस घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्यालको टोलीले गरिरहेको छ।
वन्यजन्तु तथा वनस्पति संरक्षण ऐनअनुसार जरायो संरक्षित वन्यजन्तुमा पर्ने भएकाले यस प्रकारको अवैध कारोबार कानूनी अपराध मानिन्छ।









