
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुविजिमुर मेमोरियल माध्यमिक विद्यालयले एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस वर्ष सुविजिमुर मेमोरियलका ४३ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।


सुविजिमुर मेमोरियलमा अध्ययनरत ४३ जना विद्यार्थीहरू मध्ये १३ जना विद्यार्थीहरूले A+, २२ जना विद्यार्थीहरूले A र ८ जना विद्यार्थीहरूले B+ ग्रेड ल्याएर उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन ।

एसईईको परीक्षाफल आज बिहीबार सार्वजनिक भएको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।









