
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको रणकाली देविस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं सर्वसम्मत चयन भएका छन । मन्दिरको सभाहलमा सोमबार आयोजित २५ औं वार्षिकोत्सव र ५ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा चापागाईं सर्वसम्मत चयन भएका हुन ।


कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले कार्यक्रमलाई स्वागत गर्दै महत्वपूर्ण उपस्थितिले मन्दिरका ऐतिहासिक तथा सांस्कृतिक मूल्यहरूलाई उजागर गरे।

कार्यक्रमको अध्यक्षता मन्दिर संचालक समितिका अध्यक्ष डिल्लिप्रसाद प्रसाईंले गर्दै वार्षिक साधारण सभाको शुरुआत गरेका थिए ।
त्यस्तै उपाध्यक्ष नीर बहादुर भण्डारी, सचिव श्रवण कुमार तिम्सिना, कोषाध्यक्ष हेमन्त भट्टराई र सदस्यहरू युवराज घिमिरे, टंकप्रसाद दुलाल, योगेन्द्र पोखरेल, कमला न्यौपाने दाहाल, मातृका प्रसाद दाहाल, वद्रीप्रसाद कोइराला र नर बहादुर गुरुङलाई पनि सर्वसम्मत रूपमा चयन गरिएको छ।
यस कार्यक्रमले मन्दिरको ऐतिहासिक परम्परा र समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको महत्त्वलाई पुनः पुष्टि गरेको छ। सहभागीहरू र उपस्थित अतिथिहरूले आगामी समयका लागि नयाँ नेतृत्वद्वारा मन्दिरको विकास र सञ्चालनमा थप सकारात्मक परिवर्तनहरूको आशा व्यक्त गरेका छन्।









