
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा-१० खोर्सानेमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि हेमराज सुबेदीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।


शनिबार इन्द्रपुर जेसिस भवनमा सम्पन्न वार्षिक साधारण सभाले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। संस्थाको उपाध्यक्षमा मिनप्रसाद लिम्बू, सचिवमा गुरुप्रसाद अधिकारी र सहसचिवमा विन्दा दाहाल थापा निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक बलराम पोखरेलले जानकारी दिए।

संयोजक पोखरेलका अनुसार अन्य सदस्यहरूमा अर्जुनकुमार कार्की, टिकाप्रसाद सुबेदी, नगेन्द्रकुमार मास्के, यज्ञप्रसाद ढेकाल (राम), हरिबहादुर कार्की, कमला गुरुङ, कुसुम बराल कँडेल, मन्दिरा थापा र रञ्जु सुबेदी चयन भएका छन्। यसैगरी लेखा समितिमा संयोजक देवीबहादुर कार्की र सदस्यहरूमा लोकबहादुर श्रेष्ठ र कविता दाहाल निर्वाचित भएका हुन् ।
हातेमालो सहकारी संस्थाका निवर्तमान अध्यक्ष अर्जुन वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथि रहेका थिए ।









