
बेलबारी । लामो समय पछि बेतना सिमसारले नयाँ नेतृत्व पाएको छ । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी पर्वत राईलाई ८३ मतले पराजित गरे ।


भट्टराईले १९६ मत पाउँदा उनका प्रतिद्वन्द्वी राईले ११३ मत पाएका थिए । मङ्गलवार भएको मतदानमा ४०१ परिषद् सदस्यमा ३१८ मत खसेको थियो ।

त्यस्तै सचिवमा सुजित बस्नेत , त्यस्तै खुल्ला सदस्य पदमा जीवन कुमार राई, दिलबहादुर श्रेष्ठ, सुजित कुमार राई, बलराम शंकर, गोपाल तामाङ त्यस्तै महिला सदस्य पदमा रमिला राई, विन्दु कटुवाल क्षेत्री, अर कुमारी घिमिरे, लक्ष्मी अर्याल, मनिता लिम्बू निर्वाचित भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा हरि प्रसाद सुवेदी निर्वाचित भएका छन् । सिमसारको उपाध्यक्षमा रिता कोइराला, सहसचिवमा राजन प्रसाईँ, कोषाध्यक्षमा विन्दु कला गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।









