
बेलबारी । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका एक जना पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।


बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको पाइएको छ ।

बाटो हिँड्नेहरुले जंगलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता नियमित रुपमा जंगली हात्ती देखा परिरहेका छन् ।









