कोशी प्रदेश मुख्य समाचार

लागुऔषधविरुद्ध सचेतना फैलाउन प्रहरी सुधार केन्द्रमा

सुन्दरहरैंचा ।  इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहाल लागुऔषधविरुद्ध सचेतना फैलाउन विद्यालय देखि विभिन्न सुधार केन्द्रमा आफै पुग्ने गरेका छन् ।

लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलाप संलग्न नहुन सचेत गराउन उनी विद्यालय देखि उनको कार्य क्षेत्रमा रहेका विभिन्न सुधार केन्द्रमा आफै पुग्न थालेका हुन्।  

बिहीबार दाहालले सुन्दरहरैंचा नगरपालिकामा रहेको आश्रय सुधार केन्द्र र बेलबारी नगरपालिकामा रहेका सुधार केन्द्रहरूमा पुगी लागुऔषधविरुद्ध सचेतना फैलाउने काम गरेका हुन ।

पछिल्लो समयमा लागुऔषध दुर्व्यसनीका क्रियाकलाप यस क्षेत्रमा बढ्न थालेपछि प्रहरी निरीक्षक दाहालले सचेतना कार्यक्रमलाई अगाडि बढाएका हुन । दाहालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर यस क्षेत्रका विभिन्न सामाजिक सङ्घ संस्था, विद्यालयहरू सँग सहकार्य गरी लागुऔषधविरुद्ध सचेतना कार्यक्रमको आयोजना गर्दै आएका हुन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *