
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका एम. बी. बी. एस., बी. डी. एस. लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष खेलकुद कार्यक्रमको आयोजना गरी नोवेल फिस्टा मनाउने गर्दै आएका छन् ।


यस वर्ष पनि एम. बी. बी. एस. १५औं ब्याच र बी. डी. एस. १० औं ब्याचका बिद्यार्थीहरुले मिति २०८१ जेठ २५ गते एक औपचारिक कार्यक्रम गरी नोवेल फिस्टा (Nobel Fiesta) को सुरुआत गरेका छन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सहप्राचार्य प्रा. डा. ऋतु बराल र अतिथिहरुमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. गेहनाथ बराल, प्रा. डा. सिता पोखरेल, प्रा. डा. यू. सी. भद्रा, महाप्रवन्धक श्री दिपेश राई, मानवसंसाधन विभागका प्रमुख श्री ज्योति लुइटेल, शैक्षिक प्रशासनबाट श्री प्रिया पोखरेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि तथा अतिथिहरुले विरुवामा पानी हालेर साथै पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

२०८१ सालको नोवेल फिस्टाको औपचारिक सुरुआत प्रमुख अतिथिले नोवेल फिस्टाको ब्यानर पढ्नु भए पछि भएको थियो । खेलकुद कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, कबड्डी, दौड प्रतियोगिता, लङ्ग जम्प, सटपुट, महिला फुटसल, क्रिकेट, महिला क्रिकसल, व्याडमिण्टन, टेबलटेनिस, चेस, क्यारामबोर्ड, अनलाइन गेमहरु खेलिने छन् जसमा सवै शैक्षिक कार्यक्रमका विद्यार्थीहरु, इन्टर्न, रेजिडेण्ट, चिकित्सक, फ्याकल्टी, कर्मचारीहरु समावेस हुने छन् । नोवेल फिस्टा जेठ ३२ मा समाप्त हुने छ ।








