
सुन्दरहरैंचा । लायन्स क्लब अफ विराटचौक सिटीको अध्यक्षमा सुमन गजमेर चयन भएका छन । आज बसेको लायन्स क्लब अफ विराटचौक सिटिको कार्य समितिको बैठकले वर्ष २०२४/०२५ का लागि गजमेरको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।


नवनिर्वाचित अध्यक्ष गजमेरले आफ्नो कार्यकालमा लायन्स क्लबले समाजसेवाका लागि निरन्तर लाग्ने बताए । उनले क्लबको मुख्य उद्देश्य नै ‘हामी सेवा गर्छौ’ रहेकोले यहि उद्देश्यलाई आत्मसात गर्दै आगामी दिनहरुमा अगाडी बढ्ने बताए ।










