
झापा । झापाको बुद्धशान्ती गाउँपालिका वडा नं १ स्थितबाट लागुऔषध मुद्धाका १ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।


लागुऔषध मुद्धामा जिल्ला अदालत झापाको २०७९/११/११ गतेको फैसलाले १ महिना ३ दिन कैद तोकि फरार रहेका स्थानीय ५२ बर्षीय यादवराज पौडेललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार झापा पठाईएको छ ।









