
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको श्रीकृष्ण प्रणामि मन्दिरको ५२ औं बार्षिक महोत्सब सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामि बाल सेवा आश्रम सलकपुरको ५२ औं बार्षिक महोत्सब श्रीमत्त तारतम सागरको १०८ पाठ सप्ताह व्यापि पारायण सहित बिभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै अक्षय तृतियको दिन समापन भएको हो ।


बाइज्युराज संघ एकाई समिति सलकपुरद्वारा आयोजित उक्त सप्ताह कार्यक्रममा १०८ तारतम सागर को पाठ स्थानिय १०८ ब्रह्ममुनिद्वारा पाठ भएको थियो । पाठ पारायण सम्पन्न पछि औपचारिक कार्यक्रम गरि अक्षय तृतिय मेला सहित बार्षिक महोत्सब मनाइएको कार्यक्रम संयोजक गंगादेवि बास्तोलाले जानकारी दिइन ।

मुक्तिधाम इटहरिका श्री १०८ कृष्णदास महाराजजिको आतिथ्य साधु संत मोहनानन्द जि महाराज, हंसदास महाराज, फणिन्द्र महाराज, माताजि राधा, नर्वदा, बेनबाई, राजन महाराज, स्थानिय महाराज रंजनराज महाराज, मन्दिरका मुख्य सञ्चालक सन्त मनोज मधुकर महाराजले कथा प्रवचन का साथ सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाई, पुर्व नगर प्रमुख शिवप्रसाद ढकाल, वडा अध्यक्ष , मन्दिरका अध्यक्ष कृष्ण बास्तोला, पुर्व अध्यक्ष रामप्रसाद गजुरेल, उद्वब रिजाल, पुर्ण प्रसाद ढकाल , प्रतिष्ठान नेपाल , बाईज्युराज संघ , युवा परिषद , बाल सञ्जालका पदाधिकारि तथा सदस्य सहित बिभिन्न सामाजिक व्यक्तित्वको बृहत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम बाईज्युराज संघ मोरङ उपाध्यक्ष देवि पौडेलले सञ्चालन गरेकि थिइन ।









