
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले नगर अस्पताल सुन्दरहरैचाबाट सेवा लिने गरि सबै पत्रकारको स्वास्थ्य बिमा गरिदिने नगर अस्पताल सुन्दरहरैचाका प्रशासन शाखा प्रमुख सचिव बाबुराम भट्टराईले बताए ।


उनले प्रथम सेवा नगर अस्पतालबाट लिए पछि मात्र नगर अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई मात्र अन्य अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको बताए ।

नगरले पुर्व/वर्तमान जनप्रतिनिधी र नगरमा रहेका सबै पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको हो । बिहिबार बिहान बसेको नगर अस्पताल संचालक समितिको बैठकले उक्त निर्णय पारित गरेको प्रशासन शाखा प्रमुख भट्टराईले बताए ।









