शिक्षा

भिजन बेस्ट एजुकेशन सेन्टरले गर्यो विधार्थी सम्मान तथा विदाई कार्यक्रम

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा रहेको भिजन बेस्ट एजुकेसन सेन्टरले कोरियन भाषा परीक्षा पास गरेका बिद्यार्थीलाई एक कार्यक्रम गर्दै सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कोरियन भाषा प्रशिक्षक नवराज खरेलले अध्यापन गराएको विधार्थीहरुले परिक्षामा सहभागी भएर पास भएका बिद्यार्थीहरुलाई उक्त एजुकेसन सेन्टरले शनिबार विधार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै सम्मान तथा बिदाई गरेको हो ।

हाल यस एजुकेशन सेन्टरमा बिद्यार्थीहरु भाषा परिक्षाको अध्ययन साथै तयारी गरिरहेका छन्। हाल यश एजुकेशन सेन्टरमा १०० भन्दा बढी विधार्थीहरुले कोरियन भाषा अध्ययन गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *