कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा टिपरको ठक्करबाट खवासको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित केराबारी-खोर्साने सडक खण्डको जंगलमा शुक्रबार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । केराबारी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ३२ को प्रेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दक्षिणबाट उतर तर्फ जाँदै गरेको को १ ख ५७३६  नम्बरको टिपर र उतरबाट दक्षिण तर्फ आउँदै गरेको को २७ प २५२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव पोस्टमार्टमको लागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *