कोशी प्रदेश मुख्य समाचार

प्रेस युनियनमा ५ जना पत्रकार प्रवेश

सुन्दरहरैंचा । नेपाल प्रेस युनियन मोरङमा पाँच जना सञ्चारकर्मीले औपचारिक रुपमा प्रवेश गरेका छन् । शुक्रबार बेलबारी नगरपालिका स्थित वेतना सिमसारमा भएको वनभोज कार्यक्रमका अवसरमा विभिन्न मिडिया हाउसमा काम गर्ने पाँच जना सञ्चारकर्मी युनियनमा प्रवेश गरेका हुन ।

लाइभ न्युजका अफताव अलि र कप्लेस यादव, ग्रामिण खबरकी रमा कार्की, मकालु टेलिभिजनकी रश्मी थापा,  र वारपार नेपालका संचालक टीका सिम्खडाले प्रेस युनियनमा औपचारिक रुपमा प्रवेश गरेका हुन् ।

विराटनगर महानगरपालिकाका पुर्व मेयर तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य भिम पराजुली, उर्लाबारी नगरपालिकाका पुर्व मेयर तथा काङ्ग्रेस कोशी प्रदेश सह-महामन्त्री खड्ग फागो, उर्लाबारि नगर सभापति सुरेन्द्र लिम्बु, प्रेस युनियन मोरङ अध्यक्ष वेदराज पौडेल , प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नमोदित लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *