मुख्य समाचार शिक्षा

सुन्दरहरैंचा एनप्याब्सनद्वारा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचा । सुन्दरहरैंचा एनप्याब्सन नगर समितिले नगर स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । एनप्याब्सन सुन्दरहरैंचाले नेपाली तथा अङ्ग्रेजी दुवै माध्यममा मंगलबार सुन्दरहरैंचाको मदरल्यान्ड स्कुलमा  हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको हो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनप्याब्सनमा आबद्ध रहेक्का विधालयहरुका ४० जना विधार्थीहरुले सहभागिता रहेको एनप्याब्सन सुन्दरहरैंचाका सचिव ईश्वर ओझाले बताए ।

प्रतियोगितामा प्राथमिक तर्फ नेपाली हस्तलेखनमा हिमालय विधालयका भरत श्रेष्ठ प्रथम, बालबगैंचा विधालयका श्रव्य कार्की दोस्रो र कसमस एकेडेमीका लक्ष्मी कार्की तेस्रो भएका थिए ।  त्यस्तै अङ्ग्रेजी तर्फ हिमालय विधालयका युरिसा बस्नेत प्रथम, मदरल्याण्ड विधालयका आशा निरौला दोस्रो र पाठशाला विधालयका आरोही धिमाल तेस्रो भएका थिए ।

त्यस्तै आधारभुत तर्फ नेपाली हस्तलेखनमा हिमालय विधालयका आदर्श बस्नेत प्रथम, पाठशाला विधालयका मान्यता घिमिरे दोस्रो र मदरल्याण्ड विधालयका मानव सुवेदी तेस्रो भएका थिए । त्यस्तै अङ्ग्रेजी तर्फ मदरल्याण्ड विधालयका विनयक जुहर प्रथम, पाठशाला विधालयका सोनु लिम्बू दोस्रो र हिमालय विधालयका मेनुका थापा तेस्रो भएका थिए ।

त्यस्तै आधारभुत जुनियर तर्फ नेपाली हस्तलेखनमा हिमालय विधालयका महेश ढुंगाना प्रथम र कालीदेवी विधालयका जिविका खवास दोस्रो भएका थिए । त्यस्तै अङ्ग्रेजी तर्फ कालीदेवी विधालयका सुमित बजगाई  प्रथम र हिमालय विधालयका गौरव थापा दोस्रो भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी ढकालले शिक्षा क्षेत्रको विकास विना नगरको विकास नहुने भन्दै नगरमा रहेको शिक्षाको गुणस्तर बढाउन सबै लागि पर्नु पर्ने बताए । उनले कतिपय विधालयको कारण समेत नगरमा शिक्षा क्षेत्र भित्र समस्या उत्पन्न भएको बताउदै नगरले हाल देखिएको शिक्षाकी समस्यामा सबैसग छलफल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *