मुख्य समाचार स्वास्थ्य

रामधुनीमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर

रामधुनी । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिराटनगरको प्राबिधिक सहयोग र  रामधुनि नगरपालिका वडा नं. ८ एवं ९ को आयोजनामा रामधुनि नगरपालिका वडा नंं ८ स्थीत  डुम्राहा सामुदायिक भवन र स्वास्थ्य चौकीको भवनमा मुटु रोग र प्रसुती तथा स्त्री रोग सम्बन्धी एक दिवसिय निःशुल्क  स्वास्थ  शिविर सम्पन्न भएको छ ।

शिविरमा ४३१ जनाको स्वास्थ्य परीक्षण र उपचार भएको छ ।  जस मध्ये १२७ जनाको इकोकार्डियोग्राम, ३९ जनाको इ. सि. जि. ९८ जनाको भिडियो एक्सरे र ७५ जनाको प्रयोगशाला परीक्षण भएको थियो ।

नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *