कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसकी विद्यार्थी बनिन नेपालकै कान्छी शिक्षक

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसकी विद्यार्थी नेपालकै कान्छी शिक्षक बनेकी छन । क्याम्पसमा बिएड दोश्रो वर्षमा  अध्यनरत  विद्यार्थी लेकीडाेमा तामाङ नेपालकै कान्छी शिक्षक बनेकी हुन् ।

भर्खरै १९ वर्ष पार गरेकी पाँचथरको फाल्गुनन्द-१ की लेकिडोमा तामाङले कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी छिन्। 

२०७८ सालमा पाँचथरकै फिदिमस्थित कन्चनजङ्गा एकेडेमी माध्यमिक विद्यालयबाट गणित + शिक्षा लिएर कक्षा १२ सकेकी उनले २०७९ सालमा अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *