कोशी प्रदेश मुख्य समाचार

काेशी प्रदेश सरकार भ्रष्टाचारकाे विषयमा कसैसँग कुनै सम्झाैता गर्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले काेशी प्रदेश सरकारले भ्रष्टाचारकाे विषयमा कसैसँग कुनै किसिमकाे सम्झाैता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाकाे सुरूङ्गामा स्थापना गरेकाे विद्युतीय सवारी चार्जिङ्ग स्टेसनकाे आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी सरकार फरक ढंगले सुशासनमा अघि बढिसकेकाले सबैलाई इमानदारितापूर्वक जनताकाे पक्षमा काम गर्न निर्देशन दिएका हुन् । ´सकारलाई कुनै बाधा र अबराेध छैन, फरक ढंगले सुशासनमा अघि बढिसकेकाले कसैकाे लागि सकार राेकिदैन ।` उनले भने, ´२५ मेघावाटकाे जलविद्युत आयाेजना सूचिकृत गराउन भनेकाेले त्याे नगरे सचिव जान्छ, राेकिदैन किनकी सर्वसम्मतिकाे शतप्रतिशत जनताकाे मतकाे सरकार भएकाले जनताकाे पक्षमा मात्रै काम गर्नुपर्छ ।`

प्रदेश सरकारले प्रदेशलाई कृषिमा फडकाे मार्न कार्यक्रम अगाडि बढाउन लाग्नुका साथै उद्यमी बनाउने काम पनि यसै वर्षबाट सुरू गर्दै छ त्यसैले अब जनताकाे काम राेकिदैन । `याे काम गरेपछि जनताकाे भाेट आउँछ भनेर काेही नआउनु हाेला तर याे गरेपछि जनताले सुबिधा पाउँछ भनेर मात्रै आउन मुख्यमन्त्री कार्कीले बताएका छन् । ´अब प्रदेशमा कसैलाई विभेद नहुने गरि काम प्रदेश सरकारले गर्छ,` उनले भने, खानेपानीमा विभेद नगर्न र सबै जनताकाे घरमा पुर्याउन निर्देशन दिएकाे छु र जीवन बचाउने खानेपानीमा धेरै नाफा कमाउनु हुँदैन र उपभाेक्ताकाे पैसा लिएर विदेश घुम्न जाने हाेइन, जनताकाे मन जित्ने गरी काम गराैं ।

विद्युतीय चुल्हाे र गाडी चार्जिङ स्टेसन बनाएर गाडी खरिदमा पैसा बाहिर पठाउने अवस्थाकाे अन्त्यका लागि प्रदेश सरकारले काम अघि बढाएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । इन्डक्शन चुल्हाे सँगै विद्युतीय सामग्री समेत काेशी प्रदेशमा नै उत्पादन गर्न मानवीय विकासमा लागाैं, उनले भने, ´ग्रिन इनर्जीमा हामी आत्मनिर्भर भइसकेकाे अवस्थामा राष्ट्रकाे कूल आमदानीकाे २० प्रतिशत इन्धनमा खरिद गर्नुपर्ने बाध्यताकाे अन्त्य गरेर व्यापार घाटा घटाउनुकाे विकल्प छैन ।` मुलुककाे आर्थिक अवस्था धारासायी भएकाे भ्रम छर्नेले यसै वर्ष ३ लाख विद्युतीय सवारी बिक्रि भएकाे किन हेर्न नसकेकाे भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन्। त्यसैले प्राप्त साधनकाे सही सदुपयाेग गर्नुपर्ने उनकाे भनाइ थियाे ।खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले उक्त तीन वटै ठाउमा १ कराेड १४ लाखकाे लागतमा चार्जिङ स्टेशन निर्माण गरेर सञ्चालन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *