मुख्य समाचार शिक्षा

आश्रय सुधार केन्द्रद्वारा न्यानो कपडा वितरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको जनता आधारभूत  विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई  आश्रय सुधार केन्द्रले  न्यानो कपडा वितरण गरेको छ । सुधार केन्द्रले ६१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

बाक्लो हुस्सु र चिसो बढे संगै  विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर सुधार केन्द्रले बितरण गरेको सुधार केन्द्रका निर्देशक सेवक खत्रीले बताए । चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिका न्यानो कपडा स्वरूप स्विटर वितरण गरिएको खत्रीले बताए ।

आश्रय सुधार केन्द्रले सामाजिक उतरदायित्व अन्तरगत रहेर गरेको न्यानो कपडा वितरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ३ का वडाध्यक्ष विदुर ढुंगाना, महिला अधिकारकर्मी कल्पना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *