स्वास्थ्य

भूदेव खाद्य उद्योग र विराटनगरको नोबेल मेडिकल कलेज बीच सम्झौता

विराटनगर । भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ ।

भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारका लागि नोबेल शिक्षण अस्पताल आउँदा अस्पताल सेवामा विशेष छुटको व्यवस्था हुनेछ । साथै भूदेव खाद्य उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी, श्रमिकहरूको पनि प्राथमिकताका साथ नोबेलले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ ।

सम्झौता पत्रमा भूदेव खाद्य उद्योगका राष्ट्रिय बिक्री प्रबन्धक शैशवी निरौला र नोबेल शिक्षण अस्पतालका तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *