कोशी प्रदेश मुख्य समाचार

सुकुनाको स्ववियु सभापती पदमा विजय ओझाको चर्चा

सुन्दरहरैंचा । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ। यसका लागि फागुन २७ गते उम्मेदवार मनोनयन दर्ता गर्ने समय निर्धारण विश्वविधालयले गरेको छ ।

स्ववियुको निर्वाचन नजिकिदै गर्दा क्याम्पसहरुमा विधार्थी नेताहरुको चहलपहल बढ्न थालेको छ । विधार्थी नेताहरुले स्ववियुको विभिन्न पदका लागि तयारी गरिरहेका छन ।

स्ववियु निर्वाचनमा सुकुना बहुमुखी क्याम्पसमा समेत स्ववियु निर्वाचनको चलहलपहल बढ्न थालेको छ । क्याम्पसको आगामी स्ववियु निर्वाचनमा स्ववियु सभापतिको लागि विजय ओझाको चर्चा छ । ओझा नेपाल विधार्थी संघका सुकुनाका विधार्थी नेता हुन ।

उनी नेपाल विधार्थी संघ सुकुना क्याम्पसको कार्यवाहक सभापती समेत हुन । स्ववियु निर्वाचनका लागि नेपाल विधार्थी संघ मोरङले समेत विभिन्न क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न विधार्थीहरु प्रतिनिधिको रुपमा पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *