
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिदा तीन जना घाइते भएका छन । वडा नं ७ ठडिया स्थित पुर्वपश्चिम लोकमार्गमा बुधबार राती ८ बजे बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।


बसको ठक्करबाट मोटरसाइकल चालक सुन्दरहरैंचा वडा नं ७ बस्ने वर्ष २८ को जीवन थापा उनकी श्रीमती वर्ष २५ कि सिर्जना लिम्बू थापा र उनको छोरी वर्ष १ कि श्रीबनी थापा घाइते भएकी हुन । घाइते तीन जनाको विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसले ओभरटेक गर्ने क्रममा पुर्वबाट पश्चिम तर्फ गइरहेको प्रदेश न.१-०२-०४२ प ८३०५ न. को मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको बाग्मति प्रदेश न. ३ -००१ ख २५६९ न. को बसले पछाडी बाट ठक्कर दिएको थियो । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकी गछियामा राखेको छ ।









