कोशी प्रदेश मुख्य समाचार

निवर्तमान मेयर ढकालको छोरीले दिईन जन्मदिनमा न्यानो कपडा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको छोरीले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन ।

निवर्तमान मेयर ढकालको छोरीको मंगलबार परेको १३ औ जन्मदिनको अवसरमा सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

मंगलबार पाथिभरा स्वतन्त्र महिला समाजको ब्यानरमाअमेयर ढकालको छोरी सायना ढकालले जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको पाथिभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष सुनिता ढकाल पोखरेलले बताइन । सायना पाथिभरा स्वतन्त्र महिला समाजकि अध्यक्ष सुनिता ढकाल पोखरेलको छोरी समेत हुन ।

अध्यक्ष सुनिता ढकालले आफ्नो छोरी सायनाको जन्मदिनमा गरिने फजुल खर्च भन्दा यसरी न्यानो कपडा वितरण पाउँदा खुशी लागेको जानकारी दिइन । न्यानो कपडा वितरण कार्यक्रममा पाथिभरा स्वतन्त्र महिला समाजको पुर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *