कोशी प्रदेश मुख्य समाचार

बेलबारीबाट सर्यो कोशी प्रदेश प्रहरी अस्पताल

बेलबारी । मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सरेको छ । प्रदेश प्रहरी अस्पताल बेलबारीबाट सरेर सुनसरीको इनरुवामा सारिएको हो ।

एक वर्ष अगाडि मात्र बेलबारीमा ल्याएको कोशी प्रदेश प्रहरी अस्पताललाई इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा लगिएको छ ।

सोमबार राती नै बेलबारीमा रहेको भवनबाट सामानहरु अन्यन्त्र लगिएको हो । बेलबारी स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा अस्पताललाई राखिएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *