
बेलबारी । मोरङको बेलबारी नगरपालिकामा हात्तीले आतंक मच्चाउन थालेको छ। हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रासित बनेका छन ।


बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मीमार्ग चौकमा मंगलबार बिहान ३ बजे हात्तीले २ वटा घर भत्काईदिएको छ । ३५/४० वटाको संख्यामा देखिएका हात्ती करिब दुई दिन देखि बेलबारी र केराबारीको जंगलमा देखिएका हुन ।

केही दिनयता देखि कोशी प्रदेशको झापा र मोरङमा ठूलो संख्यामा हात्ति देखिन थालेका छन । हात्तीले किसानहरुले लगाएको बालीनालीमा समेत क्षति पुर्याईरहेको छ ।









