सुन्दरहरैंचा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैंचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । पूर्वनगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान र प्रिन्टर चार थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । सुन्दरहरैंचाको सहारा पूर्वाञ्चल […]
Author: इष्ट खबर संवाददाता
नेपालिरिका होटल : “कुनै पनि कर्मचारी बेरोजगार बन्ने छैनन्”
सुन्दरहरैंचा । भदौ २४ गतेको घटनापछि संरचनागत रूपमा ठूलो क्षति व्यहोरेको नेपालिरिका होटलले आफ्नो कर्मचारीलाई सुरक्षित रोजगारी दिने घोषणा गरेको छ। होटल व्यवस्थापनले स्पष्ट पारे अनुसार कुनै पनि कर्मचारीलाई जागिर गुमाउनु पर्ने स्थिति आउने छैन। व्यवस्थापनले सम्पूर्ण कर्मचारीलाई नियमित तलब तथा यस वर्षको दशैं बोनससमेत उपलब्ध गराउने जनाएको छ। साथै, सोही दिन पाहुनाहरूलाई सुरक्षित रूपमा […]
पहिचान गुमाएको विराटचौक
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाको भवनमा उठेको कालो धुवाँ केवल सिमेन्ट–इटा र कागजको दहन थिएन, त्यो सुन्दरहरैंचाको दुई दशकदेखिको सामाजिक एकता र विकास यात्राको राख थियो । नगरप्रमुखको घर, पूर्वनगरप्रमुखको निवास, र उद्योगपति भोलेश्वर दुलालले वर्षौं मेहनतले खडा गरेको होटल—सबै आन्दोलनको आगोमा ध्वस्त भए । “हामीले कहिल्यै कल्पना गरेको थिएन, सुन्दरहरैंचामा यस्तो हुन्छ भनेर,” सुन्दरहरैंचामा अध्यापन […]
सुन्दरहरैंचा नगरपालिकको भवन जलेपछी ढोकाबाट सेवा सुरु
सुन्दरहरैंचा । जेनजी आन्दोलनका क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाको भवनमा तोडफोड र आगजनी भएको छ। भवन क्षतिग्रस्त भएपछि नगर प्रशासनले वैकल्पिक उपायमार्फत सेवा दिन थालेको छ। बिहीबारदेखि प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने स्वयं कार्यालयको मुख्य प्रवेशद्वारमै बसेर सेवाग्राहीलाई आवश्यक कामकाज गराइरहेका छन्। भवनभित्रका कोठा प्रयोगयोग्य नभएपछि ढोकाबाटै सेवा दिने व्यवस्था गरिएको हो। नगरपालिकाले जनताको दैनिक प्रशासनिक […]
म जिउँदै छु : मेयर केदार गुरागाई
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईले जेनजी समूहको आन्दोलनमा अराजक तत्त्वहरुले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गरेको बताएका छन्। शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर गुरागाईले आफ्नो घरमा समेत तोडफोड भए पनि व्यक्तिगत क्षतिभन्दा राष्ट्रका सम्पत्तिहरु नष्ट भएकोमा आफूलाई दुःख लागेको बताए। उनले भने, “मेरो घर […]





