मुख्य समाचार राजनीति

जहाँ शेखरको समाचार, त्यहाँ गगनलाई जय नेपाल

सुन्दरहरैंचा । नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशन हुने नहुने अन्योल रहँदा रहँदै काङ्ग्रेसमा महाधिवेशनको चहलपहल हुन थालेको छ । महाधिवेशनलाई लक्षित गर्दै काङ्ग्रेस नेताहरू यति बेला देश दौडाहामा छन् । संस्थापन इतर पक्षबाट इतर पक्षका नेता शेखर कोइरालाले स्वयम् आफू सभापतिको उम्मेद्बारी रहने घोषणा गरिसकेका छन् । संस्थापन पक्षले भने अहिले सम्म सभापति को बन्ने […]

कोशी प्रदेश मुख्य समाचार

नेविसंघ बेलबारी क्याम्पसको सभापतिमा सुजल

बेलबारी । नेपाल विद्यार्थी संघ (नेबिसंघ) बेलबारी बहुमुखी क्याम्पस इकाई समितिको सभापतिमा सुजल खवास निर्बाचित भएका छन । फागुन १८ गते आईतबार सम्पन्न इकाई अधिवेशनबाट सभापति पदमा खवास र्निविरोध निर्वाचित भएका छन् भने अन्य पदाधिकारी समेत र्निविरोध निर्वाचित भएका छन । अधिवेशन सरोज सुवेदीको सभापतित्व, जिल्ला उपसभापति सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । […]

कोशी प्रदेश मुख्य समाचार

ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन

विराटनगर । ओखलढुङेलीहरुको भेलाले बाबुकाजी थापाको संयोजकत्वमा ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन गरेको छ । शनिबार विराटनगरमा भेला भएका ओखलढुङेलीहरुले एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव कौशल निरौला, कोषाध्यक्ष नवराज काफ्ले चयन भएका छन् । यस्तै सदस्यहरुमा तीर्थराज घिमिरे, लिलाराम बाँस्तोला,रोमप्रसाद धमला, गिरीराज अधिकारी,धिरज आचार्य, तारा […]

कोशी प्रदेश मुख्य समाचार

भुकम्पको धक्का महशुस

काठमाडौं । काठमाडौं सहित देशभर भूकम्पको धक्का महशुस भएको छ । राती २ बजेर ५१ मिनेटतिर भूकम्प को कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । 

कोशी प्रदेश मुख्य समाचार

भोलेश्वर दुलाल, जसमा सुन्दरहरैंचाको एकता देखिन्छ

सुन्दरहरैंचा । समाजमा कमै मानिस देखिन्छन् जसले सबै मानिसलाई एउटै सूत्रमा बाँध्न सक्छ । भोलेश्वर दुलाल पूर्वाञ्चल ल्युब आयलका प्रबन्ध निर्देशक हुन । उनी एक उद्योगपति भए पनि त्यति नै सामाजिक कार्यमा समेत सक्रिय देखिन्छन् । ०७३ साल देखि उनले कोशीहरैंचा हुँदै सुन्दरहरैंचा नगरपालिका सम्म आइपुग्दा उनले यस क्षेत्रमा ४ वटा एक्स्पो सञ्चालन गरिसकेका छन् […]