कोशी प्रदेश मुख्य समाचार

सांसद सुनिल शर्माले बनाए सम्पर्क कार्यालय

पथरी । प्रतिनिधि सभा सांसद सुनिल कुमार शर्मा र कोशी प्रदेश सांसद मानबहादुर लिम्बुले आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेका छन् । शनिवार शर्मा र लिम्बुले संयुक्त रूपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन । मोरङ क्षेत्र नं ३ ‘क’ पथरी स्थित बुद्ध चौकमा शर्मा र लिम्बुले आफ्नो सम्पर्क कार्यालय बनाएका हुन । जनताको गुनासो सङ्कलन गरी […]

कोशी प्रदेश मुख्य समाचार

कोशीका पर्यटनमन्त्रीले घुमे हसिना सिमसार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा रहेको पर्यटकीय क्षेत्र हसिना सिमसारमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले अवलोकन गरेका छन् । शुक्रवार सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको निमन्त्रणामा मन्त्री मण्डल हसिना सिमसार क्षेत्रमा आएका हुन । अवलोकनका क्रममा हसिना सिमसार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम न्यौपानेले मन्त्री मण्डललाई सिमसारको […]

मुख्य समाचार शिक्षा

पाठशाला एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

सुन्दरहरैंचा । पाठशाला एकेडेमीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विद्यालयको प्राङ्गण सुन्दरहरैंचा–२ मृगौलियामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी विद्यार्थीले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । सो क्रममा विद्यार्थीहरुले गायन, नृत्य, अभिनय र वक्तृत्वका साथै टक शो पनि सञ्चालन गरेका थिए । कार्यक्रममा शिक्षक तथा अभिभावकले पनि नृत्य प्रस्तुत गरेका थिए । सुन्दरहरैंचा […]

मुख्य समाचार शिक्षा

एसइईमा सुन्दरहरैंचामा २ हजार १५२ विद्यार्थी सहभागी

सुन्दरहरैंचा । आजबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । सुन्दरहरैंचा शिक्षा, युवा तथा खेलकुद उपशाखाको अनुसार एसइई परीक्षामा २ हजार १५२ जना विद्यार्थीहरू सहभागी भएका छन् । परीक्षामा  छात्रको सङ्ख्या १ हजार ४७ र छात्राको सङ्ख्या १ हजार ५५ रहेको  सुन्दरहरैंचा शिक्षा उपशाखा प्रमुख तेज आचार्यले जानकारी दिए । आचार्यका अनुसार यस वर्ष […]

कोशी प्रदेश मुख्य समाचार

स्ववियु निर्वाचन: सुकुनामा १८४८ मत खस्यो

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ५०% मत खसेको छ । मंगलबार भएको स्ववियु निर्वाचनमा एक हजार आठ सय अठचालीस जना विधार्थीहरुले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । सुकुना बहुमुखी क्याम्पसमा तीन हजार छ सय बियासी जना विधार्थीहरु रहेका थिए । जस मध्ये ५०% मत खसेको निर्वाचन समितिले जनाएको […]