सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित खोर्सानेमा स्त्री रोग सम्बन्धी एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार प्रकृति महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको स्वास्थ्य उप समितिको आयोजना र नोवेल टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरमा १ सय ६५ भन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएको […]
Author: इष्ट खबर संवाददाता
खोर्साने-केराबारी सडकमा स्कार्पियोको ठक्करबाट चारजना घाइते
केराबारी । खोर्साने केराबारी सडक क्षेत्रमा स्कार्पियोको ठक्करबाट सिटी सफारीमा सवार ४ जना यात्रु घाइते भएका छन् । खोर्सानेबाट धरान तर्फ आउदै गरेको प्र.१ ०२ ००२ च ५६२५ नम्बरको स्कार्पियोले विपरित दिशा तर्फ गइरहेको रातो रंगको सिटी सफारीलाई ठक्कर दिदा सिटीमा सवार ४ जना घाइते भएका हुन् । घाइतेहरुको सुन्दरहरैंचा स्थित सामुदायिक अस्पिटलमा उपचार भइरहेको […]
ग्रामथान गाउँपालिका अध्यक्षको निधन
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ । गत माघ १० गते ब्रेन ह्यामरेज भई उनी बिरामी भएका थिए। कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ ।
सुन्दरहरैंचामा बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई दिने नगर बाल भेला कार्यक्रम शुरु भएको छ । कार्यक्रममा बालमैत्री स्थानीय शासन अभिमुखीकरण तथा विभिन्न बाल प्रस्तुति प्रदर्शनी हुनेछ । आइतबार नगर बाल सञ्जालको समन्वय तथा नगरपालिकाको आयोजनामा इन्द्रपुर जेसीज भवनमा भएको बाल मैत्री स्थानीय शासन अभिमुखिकरण तथा विभिन्न बाल प्रस्तुति प्रदर्शनी कार्यक्रममा सामुहिक हस्ताक्षर गर्दै २०८३ जेठ ९ […]
बेलबारीमा पाँच वर्षीय बालक मृत भेटिए
बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ५ कसेनी स्थित मिलीजुली टोलबाट हराएका पाँच वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझ देखि हराएका विनोद बनका ५ वर्षीय छोरा विवश बनको मृत अवस्थामा शव भेटिएको हो । बिहिबार बिहान करिब ९ः३० बजे बन परिवारको घर देखी करिब डेढ किलोमिटर पूर्व सुनसरी मोरङ सिचाइ नहरमा […]





