स्वास्थ्य

खोर्सानेमा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित खोर्सानेमा स्त्री रोग सम्बन्धी एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार प्रकृति महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको स्वास्थ्य उप समितिको आयोजना र नोवेल टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा १ सय ६५ भन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएको संस्थाको स्वास्थ्य उपसमितिकी संयोजक सिता दाहाल बुढाथोकीले जानकारी दिईन ।

शिविरमा महिलाहरु हुने बाझोपन,पाठेघर संक्रमण लगायत सम्पूर्ण स्त्री रोग सम्बन्धी स्वस्थ परिक्षण तथा परामर्श दिइएको संयोजक बुढाथोकीले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *