सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ दुलारीमा शनिबार दिउँसो टिपरले बसलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । इटहरीबाट गछिया तर्फ आउँदै गरेको मे १ ख २३२७ न. को बसलाई अर्को दिशा तर्फ जाँदै गरेको को १ ख ६३८९ न. को टिपरले ठक्कर दिँदा बसमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ । […]
Author: इष्ट खबर संवाददाता
सप्तकोशीको ५६ वटै ढोका खोलियो
इटहरी । सप्तकोशी नदीको ५६ वटै ढोका खोलिएको छ । केही बेर अघिको मापनमा कोशीमा पानीको बहाब ३ लाख ६८ हजार क्युसेक रहेको छ । सप्तकोशी जलपान केन्द्रमा खतराको संकेत पार गरिसकेको छ । प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्कता रहन आग्रह गरेको छ ।
सप्तकोशीमा पानीको बहाब २ लाख ८० हजार पुग्यो
इटहरी । निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाब बढेको छ । साँझ को मापनको अनुसार सप्तकोशी नदीमा पानीको बहाब दुई लाख ८० हजार पुगेको छ । कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । पहाडी क्षेत्रमा निरन्तर वर्षा भए सँगै सप्तकोशीमा पानीको बहाब बढिरहेको छ ।
सुन्दरहरैंचाको सामुदायिक र संस्थागत विद्यालयको अवस्था (एसईई रिजल्ट)
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सामुदायिक र संस्थागत विद्यालयबाट एक हजार पाँच सय सात जना विद्यार्थीहरू एसईई परीक्षामा उत्तीर्ण भएका छन् । ३६ वटा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका दुई हजार एकानब्बे जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी भएका थिए । सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार सामुदायिक विद्यालयबाट एक हजार तीन सय तेत्तीस जना […]
सुन्दरहरैंचामा सामुदायिक भन्दा नजि विद्यालय अब्बल
सुन्दरहरैंचा । कुनै पनि कुरामा लगानी गरेपछि प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक कुरा हो। तर राज्यले लगानी गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अपेक्षा गरेभन्दा निकै नै न्यून प्रतिफल प्राप्त भएको देखिन्छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सामुदायिक र संस्थागत विद्यालयबाट दुई हजार एकानब्बे जना विद्यार्थीहरू एसइई परीक्षामा सहभागी भएका थिए । जस मध्ये एक हजार पाँच सय […]




