कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बञ्चरो प्रहार गरी एक जनाको हत्या

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित कुमार गाउँमा बञ्चरो प्रहार गरी एक जना पुरुषको हत्या भएको छ । बिहिबार बिहान करिब १०:३० बजे तिर सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा कृषि फार्म गर्दै आएका वर्ष ४९ का सहदेव बजगाईँको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बजगाईँको टाउको र घाटीमा […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा एक पुरुष मृत फेला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ स्थित त्रीवेणी रिसोर्ट जाने बाटोमा एक व्यक्ती मृत फेला परेका छन् । अन्दाजी करिब ३५ वर्षको पुरुष व्यक्ती मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक व्यक्तिको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालको नेतृत्वमा थप अनुसन्धान […]

कोशी प्रदेश मुख्य समाचार

घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव

इटहरी । वर्षा रोकिए सँगै सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ । शुक्रबार राती देखि निरन्तर परेको पानी आइतबार दिउँसो देखि रोकिन थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ५८ हजार क्युसेक छ । कोशीका सबै ५६ वटा ढोका अहिले खुल्ला रहेको छ । कोशीमा पानीको बहाव ४ लाख क्युसेक कटेको थियो । पानीको […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

महिला संघको क्षेत्रीय सभापतिमा मञ्जु

सुन्दरहरैंचा । नेपाल महिला संघ मोरङ क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा मञ्जु रेग्मी फुयाल सर्वसम्मत चयन भएकी छन् । सुन्दरहरैंचा नगरपालिका वडा नं ८ घर भएकी मञ्जु आइतबार  भएको एक कार्यक्रम बिच सर्वसम्मत सभापतिमा चयन भएकी हुन । त्यस्तै महिला संघको उपसभापति पदमा सिता देवी रायमाझी र भीम कुमारी गुरुङ, सचिव पदमा अस्मिता सुबेदी […]

मुख्य समाचार शिक्षा स्वास्थ्य

प्रधानमन्त्री प्रचण्डलाई व्यङ्ग्य गर्दै शर्माले भने “ओराली लागेको हरिणको चाल भयो”

सुन्दरहरैंचा । मोरङ क्षेत्र नं ३ का सांसद सुनिल शर्माले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’गीत प्रतिनिधि सभा बैठक भित्र सुनाएका छन । सांसद शर्माले आइतबारको प्रतिनिधि सभा बैठकमा उक्त गित सुनाएका हुन । उनले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए […]