कोशी प्रदेश मुख्य समाचार

पूर्वाञ्चल विश्वविद्यालयमा कर्मचारीको सभापतिमा कट्टेलको उम्मेद्बारी

सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रिय समितिको नेतृत्व चयनका लागि जेठ १७ गते निर्वाचन हुने भएको छ। निर्वाचनमा सभापति पदका लागि देवीप्रसाद कट्टेलले उम्मेदवार दिएका छन ।

निर्वाचनमा कुल २७७ जना कर्मचारीले मतदान गर्ने अधिकार पाएका छन्। उम्मेदवार कट्टेलले आफूलाई अनुभवी, पारदर्शी र कर्मचारी हितका लागि प्रतिबद्ध उम्मेदवारको रूपमा प्रस्तुत गर्दै व्यापक समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

कट्टेलले आफ्नो उम्मेदवारीसँगै सार्वजनिक गरेको प्रतिबद्धतामा कर्मचारी सेवामा समान पहुँच, सेवाको स्थायित्व र सुरक्षाको ग्यारेन्टी, तथा क्षमता विकासमा सबैको बराबरी सहभागिता सुनिश्चित गर्ने उल्लेख गरिएको छ। साथै, उनले युनियनको सम्पूर्ण कार्यशैलीलाई पारदर्शी, सहकार्यमा आधारित र जवाफदेही बनाउने दृष्टिकोण प्रस्तुत गरेका छन् ।

“कर्मचारी युनियन कुनै व्यक्तिको नभएर सबैको साझा संगठन हो,” कट्टेलले भने, “युनियनले सेवा, सुरक्षा र सम्मानको प्रत्याभूति दिन नसकेसम्म कर्मचारीहरू सुरक्षित महसुस गर्न सक्दैनन्।” उनले युनियनलाई नेतृत्वको प्रतिस्पर्धाभन्दा पर राखेर संस्थागत सुधार र कर्मचारी अधिकारको संवर्द्धनमा केन्द्रित गरिने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *