मुख्य समाचार समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालाेमाेसाे

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।

राजधानीको एक होटलमा प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिए लगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

इजरायलबाट नेपाली नागरिकको उद्दार गर्न प्रसाईं आफै इजरायल जाने विषयमा प्रसाईंले आज पत्रकार सम्मेलन गरेका थिए । उनी दुबईबाट इजरायलमा रहेका नेपाली नागरिकलाई लिन आफै इजरायल जाने तयारी गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *