खेल मुख्य समाचार

पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका विच इन्द्रपुर रंगशालामा गरेका छन् ।

“खेलकुदकाे विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भाैतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार ” भन्ने नारा सहित याे कार्यक्रम सुरू भएको हाे ।

नगर खेलकुद विकास समिति सुन्दरहरैचाको आयोजनामा सुरु भएको खेलकुदले सुन्दरहरैचा क्षेत्रका विद्यार्थीहरुको प्रतिभा, क्षमतालाई उजागर गर्ने भएकाले नगरपालिकाले प्रतियोगिताकालागि निरन्तर सहयोग उपलव्ध गराउने नगरप्रमुख केदारप्रसाद गुरागाईले बताए । नगरप्रमुख गुरागाईले १९ वर्ष मुनीका फुलवल खेलाडीहरुलाई तालिमको व्यवस्था नगरपालिकाले गर्ने समेत जनाए । प्रतियोगितामा नगरक्षेत्रमा रहेका ४४वटा विद्यालयहरुको सहभागिता रहने र १८ वर्ष मुनिका विद्यार्थीहरुले सहभागिता जनाउने नगरपालिकाकी उपप्रमुख अकली चौधरीले बताईन् ।

साे प्रतियोगिताकाे समापन यहि  पुस १० हुने छ । साे दिन विजयी विद्यार्थी साथै विद्यालयलाई पुरस्कार वितरण गर्दै समापन हुने बताईएकाे छ । आज  दाैड, भाले जुदाई, चक्लेट दाैड, हिसाब दाैड लगायत खेल भएका थिए भने अन्य खेलहरू पनि हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *