
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा शुक्रबार बिहान बसले पैदलयात्रीलाई दिंदा एकजना घाइते भएका छन । घाइते हुनेमा सुन्दरहरैंचा वडा नं ७ बस्ने गजेन्द्र बहादुर बि.क. रहेका छन ।


शुक्रबार ७६ वर्षिय बि.क.लाई बाटो काट्ने क्रममा बेलगाछी छेउ स्थित पुर्बपश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको प्र. २-०३-००१ ख ५५५० न.को बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते बि.क. लाई उपचारको लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । बि.क. को टाउको र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।








