मुख्य समाचार राजनीति

एमाले कोशीको नेतृत्वका लागि मतगणना सुरु

सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । साझ ५ बजेबाट मतगणना शुरु भएको हो ।

हिजो भएको निर्वाचनको मतपत्रलाई ७ स्थानबाट मतगणना भइरहेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि हिजो आइतबार मतदान भएको थियो । कुल ९ सय ९७ जना प्रतिनिधिमा ९ सय ७७ मत खसेको छ । मतदानमा २० जना प्रतिनिधि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *