
दमक । झापाको दमक स्थित पशुपति मार्गमा रहेको अम्बिका माछा फ्राईमा अखाद्य बस्तु मिसावट गरी माछा पकाउने गरेको पाईएको छ ।
झापामा निकै चर्चित रहेको अम्विका माछा फ्राईमा दमक नगरपालिकाले आज अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा पकाउन तयारी पारेका माछामा मानव स्वास्थ्यलाई असर पार्ने खालका केमिकल प्रयोग गरेको पाइएपछि नगरपालिकाले माछा जफत गरेको छ ।

दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराईको नेतृत्वमा निस्किएको टोलिले माछामा आखाद्य बस्तुको मिसावट गरी विक्रि गर्ने गरेको पाइएपछि माछा फ्राईका सवै माछा जफत गरी नमुना परिक्षणका लागि नगपालिकाले लगेको छ।









