
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिजको २२ औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ ।


कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी थिइन् ।

पदस्थापन कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष थापाले आफनो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजकाे आस्था र विश्वास अनुसार काम गर्ने उल्लेख गरे ।
पदस्थापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियाे । त्यस्तै इन्द्रपुर जेसिजको महासचिवमा आकाश दुलाल मनोनित भएका छन भने कोषाध्यक्ष पदमा निर्मल अधिकारी मनोनित भएका छन । दुवैजनालाई सोमबार भएको पदस्थापन कार्यक्रमबाट नवनिर्वाचित अध्यक्ष थापाले मनोनित गरेका हुन ।









