कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर लायन्सको अध्यक्षमा प्रमिला दुलाल चयन

सुन्दरहरैंचा ।  लायन्स क्लब अफ इन्द्रपुरको अध्यक्षमा आगामी कार्यकाल २०२५/०२६ का लागि प्रमिला दुलाल चयन भएकी छिन्। क्लबको हालै सम्पन्न बैठकबाट दुलाल अध्यक्षमा निर्विरोध चयन भएकी हुन्।

क्लबको नयाँ कार्यसमितिमा पहिलो उपाध्यक्षमा योजना शर्मा, दोस्रो उपाध्यक्षमा रेवन्त कार्की र तेस्रो उपाध्यक्षमा कल्पना दाहाल चयन भएका छन्।

यसैगरी, सचिवमा विना सुवेदी आचार्य, सहसचिवमा डम्बर कार्की, कोषाध्यक्षमा सुनिता ढकाल र क्लब प्रशासन अधिकृतमा बबिता दाहाल चयन भएका छन्।

क्लब निर्देशकमा कृष्ण ओझा, जि.एस. आचार्य, जानुका थापा, सञ्जु रेग्मी र त्रिविक्रम दाहालको चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *