
सुन्दरहरैंचा । नेपालमै पहिलो पटक सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा आरोग्यधाम नेचुरोप्याथी सेन्टर को भव्य उद्घाटन सम्पन्न भएको छ। यो सेन्टरले प्राकृतिक चिकित्सा र आयुर्वेदिक उपचारको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सेन्टरले अनुभवी चिकित्सकहरूको टोलीमार्फत पञ्चकर्म थेरापी, नेचुरोप्याथी, न्युरो थेरापी, कायरोप्राक्टिक थेरापी, अक्युपंचर थेरापी लगायत आयुर्वेदिक औषधी र उपचार सेवाहरू प्रदान गर्नेछ।

सेन्टरका सञ्चालक रामकृष्ण खड्काका अनुसार, यो संस्थाले रोग निवारणमा मात्र नभई रोग प्रतिरोधात्मक क्षमता वृद्धि र स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड दिनेछ। हाम्रो उद्देश्य प्राकृतिक र आयुर्वेदिक उपचार पद्धतिमार्फत मानिसहरूलाई स्वस्थ र सन्तुलित जीवन प्रदान गर्नु हो सञ्चालक खड्काले बताए।
स्थानीयवासीहरूले यो सेन्टरको स्थापनालाई स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिको रूपमा लिएका छन्। यो सेन्टरले विशेषगरी दीर्घरोगीहरू, जोर्नी दुखाइ, तनाव, र अन्य स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूलाई लक्षित गरी सेवा प्रदान गर्ने योजना बनाएको छ। साथै, यहाँ उपलब्ध हुने उपचारहरू किफायती र सबैका लागि पहुँचयोग्य हुने बताइएको छ।
आरोग्यधाम नेचुरोप्याथी सेन्टरले नेपालमा प्राकृतिक चिकित्साको प्रवर्द्धन र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।