
विराटनगर । मोरङ काग्रेसले बिशेष आन्तरिक शुद्दिकरण अभियानको सुरुवात भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितीले मोरङमा विशेष आन्तरिक शुद्दिकरण अभियानको आज पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सुरुवात गरेको हो ।


नेपाली काङ्ग्रेस मोरंगका कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा सम्पन्न कार्यक्रमा मोरंगकालागि केन्द्रिय प्रतिनिधि तथा पार्टीका केन्द्रिय सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। नेपाली काङ्ग्रेस कोशी प्रदेशका अध्यक्ष तथा मुख्यमन्त्री उद्दव थापा बिशेष अथितिका रुपमा कार्यक्रममा उपस्थित रहेको थियो ।

मोरङको ६ वटै निर्वाचन क्षेत्रमा यो अभियान चलाउने योजना तय भएको हो । श्रावन ३० गते सम्म चल्ने सो अभियानले पार्टीलाई सुदृढीकरण गर्ने योजना रहेको मोरङ काग्रेसका सुचना सञ्चार तथा प्रचार बिभाग प्रमुख बिरेन्द्रकुमार साहले जानकारी दिए ।









