
कानेपोखरी । कानेपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं व्यक्ति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।


लिम्बु २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थिए। राई ०७९” को प्रतिनिधि सभाको निर्वाचनामा काङ्ग्रेसका सुनिल शर्मा संग प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टीमा स्वागत गरे। कानेपोखरी गाउँपालिकाबाट मात्र ९०० जना र अन्य पालिकाबाट गरी १००० भन्दा बढीले माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र मोरङले जनाएको छ। प्रवेश गर्नेहरूमा अधिकांश एमालेका कार्यकर्ता रहेका छन्।

पार्टी प्रवेश गर्दै जयराज लिम्बुले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुईतिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरी पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए। उनले माओवादीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि, कानेपोखरीमा आयोजित सभामा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको पक्षमा जनताको आकर्षण बढ्दै गएको र पूर्वबाट उदाएको ‘रातो सूर्य’ले देशव्यापी ऊर्जा प्रदान गर्ने बताएका थिए।









