कोशी प्रदेश मुख्य समाचार

बाँदर व्यवस्थापनको माग गर्दै खोटाङमा किसानद्वारा प्रदर्शन

दिक्तेल । खोटाङका किसान खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेर उठिबास पारेको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरु हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नाराबाजी गर्दै दिक्तेल बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *