मुख्य समाचार स्वास्थ्य

नोबेल स्पोर्ट्स फिएस्टा २०२५ सम्पन्न

विराटनगर । नोबेल मेडिकल कलेजमा आयोजित ‘नोबेल स्पोर्ट्स फिएस्टा २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। एमबिबिएस १६औं ब्याचको आयोजनामा सम्पन्न उक्त खेलकुद महोत्सव २०८१ चैत्र १५ गते (मार्च २८, २०२५) देखि सुरु भई चैत्र २२ गते (अप्रिल ४) सम्म विभिन्न खेल गतिविधिहरूका साथ  सम्पन्न भएको हो।

फिएस्टाका अन्तर्गत आयोजित फुटबल, क्रिकेट, भलिबल, कबड्डी, टग अफ वार, टेबल टेनिस, क्यारामबोर्ड र चेस लगायतका खेलहरूले विद्यार्थी, शिक्षक, चिकित्सक तथा कर्मचारीहरूबीच आपसी सहकार्य, खेल भावना र ऊर्जा विकास गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

शनिवार सम्पन्न समापन समारोहमा विभिन्न खेल विधामा विजयी बनेका टोली तथा खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डा. रीतु बराल, विशिष्ट अतिथिहरूमा डा. गेहनाथ बराल, डा. प्रकाश काफ्ले, डा. बबिता काफ्ले, डा. दिलिराम काफ्ले, डा. मिलुना भुसाल, डा. शिखा रिजाल, डा. रुपेश श्रीवास्तव, डा. विशाल राज जोशी र सुरेन्द्र घिमिरेको उपस्थिति रहेको थियो ।

नोबेल मेडिकल कलेजमा प्रत्येक वर्ष आयोजना हुने यस प्रकारका कार्यक्रमहरूले नोबेल परिवारबीचको सम्बन्धलाई अझ बलियो बनाउने कार्य गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *