
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू आन्दोलित बन्न पुगेका छन् । शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन अगाडि बढाएका छन् ।


शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन । शिक्षा विधेयक संसदमा दर्ता भएपछि २०८० असोज ३ मा शिक्षकहरू सडक आन्दोलनमा आएका थिए ।

सरकारसँग महासंघसहित अन्य संघसंगठनबीच असोज ५ मा ६ बुँदे सम्झौता भएको थियो । सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका छन् ।









