
पथरी । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा कोशी प्रदेश प्रहरी गण, विराटनगरको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।


शुक्रबार सम्पन्न उक्त शिविरमा नोबेलका विभिन्न विशेषज्ञ चिकित्सकहरू सहभागी भएका थिए। स्वास्थ्य शिविरमा सर्वसाधारणलाई जेनरल मेडिसिन, फोक्सो रोग (पल्मोनोलोजी), हाडजोर्नी (अर्थोपेडिक्स), मनोचिकित्सा, रेडियोलोजी, प्रयोगशाला परीक्षण, मुटुको ईसिजी जस्ता सेवा प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।

स्वास्थ्य शिविरमार्फत विभिन्न परीक्षण र परामर्श सेवा प्रदान गरिँदा धेरै सर्वसाधारण लाभान्वित भएका थिए। यस्तो किसिमको सेवा समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।









