
विराटनगर । नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेशको पहिलो अधिवेशनले माधवराज थापालाई अध्यक्षमा चयन गरेको छ।


मंगलबार सम्पन्न भएको अधिवेशनबाट नवगठित कार्य समितिमा ९५ सदस्यहरु रहेका छन् । महासंघको उपाध्यक्षमा उमेश घिमिरे, सचिवमा डिल्लिप्रसाद ढकाल, उपसचिवमा यादवमणी दाहाल, कोषाध्यक्षमा सन्तोष उप्रेती र सहकोषाध्यक्षमा चन्द्रप्रसाद अधिकारी सहित ११ जना पदाधिकारी चयन भएका छन ।

पहिलो अधिवेशनमा ११ वटा वस्तुगत संगठन र कोशी प्रदेशका १४ जिल्लाका प्रतिनिधिहरूले भाग लिएका थिए ।









